नेशनल लाइफ इन्स्योरेन्सको १३.५% बोनस सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?


काठमाडौं - नेसनल लाइफ इन्स्योरेन्सको १३.५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने बिहीबार (आज) अन्तिम दिन हो । कम्पनीले साधारण सभाका लागि शुक्रबार अर्थात चैत १ गते देखि चैत १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसमा बिहीबार (फागुन ३० गते) सम्म कायम सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७३/७४ को वार्षिक साधारण सभा चैत १५ गते डाकेको छ । सभामा सेयरधनीलाई १३.५ प्रतिशत बोनस सेयरका साथमा कर तिर्न १ करोड ८८ लाख २७ हजार १० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । आर्थिक वर्ष २०७३र७४ को प्रतिवेदनमा छलफल गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने, अध्यक्ष र सञ्चालकहरुको भत्ता एवं अन्य सुविधा संशोधन गर्ने लगायतका प्रस्ताव पेश गर्दैछ ।

साधारण सभा चैत्र १५ गते नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । 

कम्पनीले गत भदौमा बिक्री गरेको ६० प्रतिशत हकप्रदपछि कायम २ अर्ब ६४ करोड ९७ लाख २३ हजार ३४४ रुपैयाँ चुक्ता पुँजीमा बोनस सेयर दिन लागेको हो । उक्त पुँजीमा १३.५ प्रतिशत बोनस दिइसकेपछि पुँजी ३ अर्ब ७४ लाख ३५ हजार ९९५ रुपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्