मेगा बैंक र ह्याम्स अस्पतालबीच सम्झौता, बैंकका ग्राहकले विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने

काठमाडौं - मेगा बैंक नेपाल र ह्याम्स अस्पतालबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र अस्पतालको तर्फबाट अध्यक्ष आर एस भण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ह्याम्स अस्पतालमा कुल बिलको १० प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी, औषधी खरिद गर्दा ५ प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ । आकस्मिक रुपमा सडक तथा हवाईबाट उद्दार गर्नु परेमा मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले प्राथमिकता दिने भएको छ ।

प्रतिकृया दिनुहोस्