केएमसीमा नेपाल इन्भेष्टमेण्टको एक्स्टेन्सन काउण्टर र एटिएम सेवा सुरु, नवजात शिशुको खातामा ५ सय र केक उपहार
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ११औं एक्स्टेन्सन काउन्टर र १११औं एटिएम एकसाथ खोलेको छ ।
काउन्टर र एटिएमको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र काठमाडौं मेडिकल कलेज९केएमसी०का प्रमुख कार्यकारी अधिकृत प्रा.डा.दामोदर प्रसाद पोखरेलले संयुक्त रुपमा उद्घाटन गरे ।
आजैदेखि काठमाडौं मेडिकल कलेजमा जन्मने नवजात शिशुहरुको खाता खोलिएमा निःशुल्क ५०० रुपैयाँ खातामा राखिदिने र उक्त खातामा बैंकले तोकेको न्युनतम औषत मौज्दात जम्मा भएपछि जन्मदिनमा बैंकले केक उपहार दिने बताइएको छ ।