सामाजिक उत्तरदायित्व अन्तर्गत सेञ्चुरी बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौ - सेञ्चुरी कमर्सियल बैंकले आठौं वार्षिक उत्सवको उपलक्ष्यमा बैंकको प्रधान कार्यलय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल तथा ललितपुरस्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रिय रक्तसञ्चार सेवाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । बालबालिका देखि वृद्धवृद्धाहरुसमेतको सहभागी रहेको उक्त शिविरमा थुप्रै जनाको निःशुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो । रक्तदान कार्यक्रमा पनि ६० जनाभन्दा बढीको सहभागी थियो ।

साथै उक्त शिविरमा मुटु सम्बन्धि र हृदयघाट भएमा अपनाउनुपर्ने उपचार प्रविधिको बारेमा नर्भिक इन्टरनेशनल हस्पिटलका डा. यादव कुमार दियो भट्टले जानकारी गराएका छन । उक्त कार्यक्रममा बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा बैंकका संञ्चालकहरुको पनि उपस्थिती रहेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्