नबिल बैंकको साधारण सभा आज, यस्ता छन् पेश हुने एजेन्डाहरु

काठमाडौं - नबिल बैंक लिमिटेडको साधारण सभा फागुन २७ गते (आज) हुने भएको छ ।  साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमालादी, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । 

बैंकले २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । बैंकले सभाका लागि फागुन १४ गते बुक क्लोज गरिसकेको छ । फागुन १३ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

बैंकले साविकको एनआइडीसी डेभलपमेन्ट बैंकले लिलामीमा बिक्री गरेको १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने एजेन्डा पनि साधारण सभामा पेश गर्ने भएको छ । साथै, बैंकको आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब स्वीकृत गर्ने, सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङको वित्तीय विवरणसहित एकीकृत वित्तीय पारित गर्ने, लेखा परिक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायत प्रस्तावहरु रहनेछन् ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ रहेको छ । प्रस्तावित १२ बोनस सयेर वितरणपछि चुक्ता पुँजी ९ अर्व ८४ लाख ७ हजार ५२० रुपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्