एनआइबीएल समृद्धि फन्डको प्रतिइकाई खुद सम्पति १०.८ पैसा, सेयर लगानी ७१ करोड २३ लाख


काठमाडौं - एनआइबीएल समृद्धि फन्ड–१ को प्रतिइकाई खुद सम्पति मूल्य फागुन मसान्तमा १७ पैसाले वृद्धि भएर १० रुपैयाँ ८ पैसा पुगेको छ । अघिल्लो महिना उक्त फन्डको प्रतिइकाई खुद मूल्य ९ रुपैयाँ ९१ पैसा थियो । 

यस फन्डको सूचीकृत सेयरमा लगानी ४८ लाख ६४ हजार ५५० रुपैयाँले वृद्धि भएर ७१ करोड २३ लाख ७८ हजार ४५ रुपैयाँ पुगेको छ । अघिल्लो महिना यस फन्डले ७० करोड ७५ लाख १३ हजार ४९५ रुपैयाँ लगानी गरेको थियो । 

सबैभन्दाबढी नबिल बैंकको संस्थापक सेयरमा ३ करोड ७३ हजार ८५६ रुपैयाँ लगानी रहेको छ । यस फन्डले मुद्दति निक्षेपमा ९ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिनाको तुलनामा मुद्दति निक्षेपमा कुनै परिर्वतन आएको छैन । यस्तै बैंक मौज्दात भने २३ लाख १० हजार ५९८ रुपैयाँले घटेर १४ करोड ८३ लाख ५८ हजार ६१४ रुपैयाँमा आएको छ ।

प्रतिकृया दिनुहोस्