सनराइज बैंकको टाँडी शाखा कार्यालय स्थानान्तरण, १०३ ठाउँमा सञ्जाल

काठमाडौँ - सनराइज बैंक लिमिटेडले चितवन जिल्लाको रत्ननगर न.पा.वडा नं २ स्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिब ५० मि. को दुरीमा स्थान्तरण गरेको छ । 

बुधबार एक कार्यक्रमका बीच रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्वारा स्थानान्तरण गरिएको शाखाको संयुक्त रूपमा उद्घाटन गरियो ।

उक्त उद्घाटन समारोहमा बैंकका नायव महाप्रबन्धक अपछकुमार यादव लगायत स्थानीयबासिहरुको उपस्थिती रहेको थियो ।

हाल बैंकले मुलुकभर आफ्नो १ सय ३ वटा शाखा, १ सय १८ वटा एटिएम, २८ वटा शाखारहित बैंकिङ्ग सेवा र ४ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।




प्रतिकृया दिनुहोस्