महालक्ष्मी विकास बैंकको शाखा डल्लु र तीनचुलीमा विस्तार, ९२ स्थानमा शाखा सञ्जाल

काठमाडौं - महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गरेको छ ।

बैंकले काठमाडौँमा दुई नयाँ शाखामार्फत बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँ महानगरपालिकाको वार्ड नं १५ स्थित डल्लुमा तथा वार्ड नं ६ स्थित तीनचुलीमा शाखा विस्तार गरेको हो ।

उल्लिखत शाखाहरु सञ्चालनमा आए पश्चात् यस बैंकको कुल शाखा संख्या ९२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्