नेपाल इन्फ्रास्ट्रक्चर बैंक पनि विद्युतीय चेक क्लियरिङ्ग र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन् ।

संझौता अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंकका ग्राहकहरुले विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणाली मार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा विद्युतीय माध्यम मार्फत चेक राफसाफगर्न सक्ने छन् । अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली मार्फत कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता अन्तरबैंक कारोबारहरु पूर्ण रुपमा संचालन गर्न सक्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्