राष्ट्र बैंकले सोमबार ११ अर्ब ६१ करोडको ट्रेजरी बिल बिक्री गर्ने, आजै बोलकबोल

 Nepal Rastra Bankकाठमाडौँ - नेपाल राष्ट्र बैंकले सोमबार पुनः ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आइताबार एक सूचना प्रकाशित गरी ११ अर्ब ६१ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने जानकारी दिएको हो ।

उक्त ट्रेजरी बील बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । बैंकका अनुसार १ अर्ब बराबरको ट्रेजरी ९१ दिने अवधि, ३ अर्बको १८२ दिनका लागि र ४ अर्ब ३६ करोड बराबरको ट्रेजरी बिक्री गर्न लागिएको हो । बैंकले यस अघि चैत ११ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिकृया दिनुहोस्