सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौँ - सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच नेपाल राष्ट्र बैंकबाट निर्देशित “सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान” अन्तर्गत विभिन्न शिर्षकमा प्रदान गरिने कर्जाको सुरक्षणको लागि सम्झौता गरिएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतम र निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत बिष्णु बाबु मिश्रले हस्ताक्षर गरे ।

सम्झौतासंगै सेञ्चुरी कमर्सियल बैंकले आउदो दिनमा लघु, साना तथा मझौला उद्यमका साथै विपन्न वर्ग कर्जाहरुमा लगानी बढाउने बैंकले विश्वास लिएको छ ।

प्रतिकृया दिनुहोस्