ह्याम्स अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ज्योति लाईफ इन्स्योरेन्सका ग्राहकले विशेष छुट पाउने

काठमाडौँ - ज्योति लाइफ इन्स्योरेन्स र ह्याम्स अस्पतालबीच स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र अस्पतालका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौता अनुसार ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निर्धारित मापदण्ड पूरा गरेका सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले ह्याम्स अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्ने छन् ।

उक्त कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर तथा हाडजोर्नी विभाग प्रमुख डा. भाष्करराज पन्तलगायत अस्पताल र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्