कैलाश विकास बैंकमा जागिरको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव !
काठमाडौँ - कैलाश विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ। बैंकले कमप्लाइन्स डिपार्टमेन्टमा २ जना, रिक्स डिपार्टमेन्टमा ५ जना, कार्ड डिपार्टमेन्टमा १ जना, ब्रान्स म्यानेजरमा ८ जना र रिलेशसिप अफिसरमा १५ जना माग गरेको हो।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल १० भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।