एक्सेल डेभलपमेन्ट बैंकको एजिएम आज, सेयरधनीलाई १७% लाभांशसहित यस्ता छन् पेस हुने प्रस्तावहरु

काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंकको १३औं वार्षिक साधारण सभा सोमबार (चैत ११ गते) सुरु भएको छ । साधारण सभा चैत्र ११ गते होटल होलिडे होम विर्तामोड, झापामा बिहान १० बजे सुरु भएको छ । साधारण सभाका लागि बैंकले फागुन २७ गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज गरेको छ । फागुन २६ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित १७ प्रतिशत नगद लाभांश पाउनेछन् । 

यस्तै बैंकले सेयरधनीलाई करसहित १७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गरेको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १७ प्रतिशत नगद लाभांश वितरणका लागि ११ करोड ७७ लाख ५४ हजार ५७५.७५ रुपैयाँ खर्च गर्ने छ ।

हाल कायम चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँको ५५ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पनि छ । उक्त प्रस्ताव पारित भएपछि कुल ३८ करोड ९ लाख ७० हजार ६८६।२५ रुपैयाँको हकप्रद सयेर जारी हुनेछ । बैंकले अधिकृत पुँजी १ अर्बबाट बढाएर १ अर्ब ५० करोड रुपैयाँ पुर्याउने अर्को प्रस्ताव पनि पेश हुँदैछ । 


प्रतिकृया दिनुहोस्