नेशनल लाइफ इन्स्योरेन्सको १३.५०% बोनस सेयरमा मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं - नेशनल लाइफ इन्सुरेन्स कम्पनीको १३.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आइतबार कम्पनीको सेयर कारोबार प्रतिकित्ता ५८९ रुपैयाँ ४३ पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य ९९० रुपैयाँ ७१ पैसा छ ।

कम्पनीको चैत १५ गते साधारण सभा हुने भएको छ । सभामा कम्पनीले सेयरधनीलाई १३.५० प्रतिशत बोनस सेयर र कर तिर्न १ करोड ८८ लाख २७ हजार १० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ । साधारण सभाका लागि कम्पनीले शुक्रबारदेखि बुक क्लोज गरेको हो ।

हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ रुपैयाँ रहेको छ ।

प्रतिकृया दिनुहोस्