कामना सेवा विकास बैंकका सबै शाखाबाट एभरेष्ट इन्स्योरेन्सका बीमा सेवा पाइने


काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा बिहीबार कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जीवन बीमालेखहरु उपलब्ध हुने छन् । साथै बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्