सनराइज बैंकले १० लाख युनिट ऋणपत्र निष्कासन गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

काठमाडौं - सनराइज बैंक लिमिटेडले १ अर्ब रुपैयाँको १० लाख युनिट ऋणपत्र जारी गर्ने भएको छ । धितोपत्र बोर्डले  बैंकलाई १ हजार रुपैयाँ दरको १० लाख युनिट ऋणपत्र जारी गर्न अनुमति दिएको हो ।  कुल १० युनिटमध्ये ४ लाख युनिट ऋणपत्र सर्वसाधारणका लागि जारी गरिनेछ । बाँकी ६ लाख युनिट भने अन्य व्यक्तिगत कम्पनीहरुलाई बिक्री गरिने बैंकले जनाएको छ । 

बैंकले ‘१० प्रतिशत सनराइज डिबेन्चर २०८०’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस्तै उक्त ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज दिनेछ । ऋणपत्रको अवधि ५ वर्षको हुनेछ ।

बैंकले ऋणपत्र निष्कासनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । 

प्रतिकृया दिनुहोस्