एनएमबि बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच सम्झौता, वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्य


काठमाडौं - एनएमबि बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढंगले विस्तार गर्ने सहमति भएको छ ।

उक्त सहमति पत्रमा एनएमबि बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी र एनबीआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरे ।

यस सम्झैता पत्र अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरुबारे एनएमबि बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईनेछ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोबाईल एपबारे ज्ञान दिलाई आ–आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागि प्रेरित गर्नेछ ।

साथै बैंकले एनबीआई एप मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवार, शिक्षक तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउनेछ । यदि आवश्यक भएमा एनबीआईले वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमका लागि बैंकलाई विशेष छुटका साथ आवश्यक सामाग्रीहरुको व्यवस्थापन गरिदिनेछ ।

यसरी दुई संस्थाहरु एउटै उद्देश्यको लागि साझेदारी गरि अघि बढ्नाले बचत गर्ने र व्यवसाय सञ्चालन बारे जागरुक्ता ल्याउन थप उर्जा मिल्ने विश्वास गरिएको छ ।

प्रतिकृया दिनुहोस्