मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा चैत ९ गते, १७% बोनससहित यस्ता छन् पेस हुने प्रस्तावहरु

काठमाडौं - मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा चैत ९ गते हुने भएको छ । बैंकले साधारण सभाका लागि फागुन १५ देखि चैत ९ गतेसम्म बुक क्लोज गरेको छ । फागुन १४ गते सम्म कायम सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।

यस्तै बोनसमा लाग्ने कर तिर्न बैंकले ४४ लाख ७३ हजार ६८४ रुपैयाँ २१ पैसा बराबरको नगद लाभांश पनि वितरण गर्ने भएको छ । बोनस वितरणमा बैंकले ८ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ । बैंकले लगानीकर्तालाई १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । मितेरीले गत वर्षको नाफाबाट यो बोनस सेयर दिन लागेको हो । 

साधारण सभा गोर्खा किचन, धारण ८, सुनसरीमा बिहान ११ बजे बस्नेछ।



प्रतिकृया दिनुहोस्