भार्गव विकास बैंकको एजिएम चैत ३० मा, कहिले हुँदैछ बुक क्लोज ?

 Bhargav Bikash Bank
काठमाडौं - भार्गव विकास बैंक लिमिटेडले चैत ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभा गर्नका लागि बैंकले चैत २२ गते बुक क्लोज गर्ने भएको छ । चैत २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र नगद लाभांश पाउने छन् । 

साधारण सभा भियु होटल सिद्धार्थ, कारकाँदो नेपालगञ्जमा बिहान १० बजे हुनेछ । 

सभामा बैंकले चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश पारित गर्ने मुख्य एजेन्डा बनाएको छ । आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित, नाफा–नोक्सान हिसाबका सम्बन्धमा छलफल हुनेछ । यसैगरी, लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक तोक्ने लागायत प्रस्ताव पेश हुनेछ । उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने एजेन्डा पनि रहेको छ ।

प्रतिकृया दिनुहोस्