बेलायती कम्पनीले लियो केन्द्रीय बैंकको १०० रुपैयाँ दरको ४० करोड थान नोट छाप्ने जिम्मा


काठमाडौं - नेपाल राष्ट्र बैंकले १०० दरका ४० करोड थान नयाँ नोट छाप्न बेलायती कम्पनीलाई जिम्मा दिएको छ । केन्द्रीय बैंकले १०० रुपैयाँ दरको ४० करोड थान नोट छाप्ने जिम्मा बेलायतको ‘डे ला रुई इन्टरनेसनल’ लाई दिएको हो । कम्पनीले ८० लाख ७२ हजार पाउण्डमा नोट छाप्ने जिम्मा पाएको हो ।

यस्तै अघिल्लो साता मात्रै केन्द्रीय बैंकले ५० रुपैयाँ दरका २३ करोड थान नयाँ नोट छाप्ने जिम्मा फ्रान्सको एक कम्पनीलाई दिएको थियो ।


प्रतिकृया दिनुहोस्