सिन्धु विकास बैंकका सबै शाखाबाट सानिमा लाईफ इन्स्योरेन्सका बीमा सेवा लिन सकिने

काठमाडौँ - सानिमा लाईफ इन्स्योरेन्स लि. र सिन्धु विकास बैंक लि.बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी संझौता भएको छ । सम्झौतापत्रमा सानिमा लाइफका महाप्रबन्धक शिवराम तिमिल्सिना तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश जोशीले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा बनेपा शाखाका प्रमुख कृष्ण ढोडारी समेतको उपस्थिति रहेको थियो । संझौताअनुसार ग्राहकहरुले सिन्धु विकास बैंकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्ने छ ।

प्रतिकृया दिनुहोस्