ऋणपत्र निष्काशनको माग गर्दै केन्द्रीय बैंक पुग्यो माछापुच्छ्रे बैक, कति रहनेछ ब्याजदर ?

काठमाडौँ - माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशनको लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिएको छ ।

बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न हो । ऋणपत्रको समय अवधि १० वर्षको हुनेछ । राष्ट्र बैंकले अनुमति दिएपछि धितोपत्र बोर्डमा अनुमति मागेर आवेदन दिने र बोर्डले पनि अनुमति दिएपछि छिट्टै ऋणपत्र निष्काशन हुने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्