के आपत आइलाग्यो त्यस्तो जसका कारण जनता बैंकका सेकेन्ड लेयरका अधिकांसले जागिर छोड्दैछन् ?

 Janata Bank
  • बैंकिङ संसार सम्बाददाता 
काठमाडौँ- जनता बैंक नेपालको सेकेन्ड लेयरमा रहेका आधा दर्जन कर्मचारीले एकैपटक बैंक छोड्ने भएका छन् । स्रोतका अनुसार बैंकको डेपुटी सीईओ त्रय पृथ्वी श्रेष्ठ, सागरकुमार घिमिरे र अजय मिश्रले बैंक छोड्ने भएका छन् भने बैंकको चिफ अपरेटिङ अफिसर प्रमोद बोहरा र चिफ अफ रिजन काठमाडौं कल्याण पाण्डे पनि बैंकबाट बिदा हुने भएका छन् । यसअघि बैंकमा चिफ फाइनान्स अफिसरका रुपमा रहेका धिरज राज सुवेदीले पनि बैंकमा काम गर्ने वातावरण नभएपछि बैंक छोडेका थिए । त्यसअघि सोहि पदमा रहेका अनिल रेग्मीले पनि बैंकमा काम गर्ने वातावरण नभएपछि जनता बैंकको जागिर छोडेर सेन्चुरी बैंक गएका थिए । 

के आपत आइपर्यो त्यस्तो ?
बैंकसँग अन्य वित्तीय संस्था मर्ज भएपछिको कर्मचारी व्यवस्थापनको विषयलाई लिएर बैंकभित्र विभिन्न लफडा थियो । यहि कुरा मिलाउन बैंकले धेरै डेपुटी सीइओ राखेको थियो । धरै डेपुटी सीइओ हुँदा जिम्मेवारीको विषयलाई लिएरसमेत विभिन्न मतान्तर देखिंदै आएको थियो । यद्यपी बैंकको बोर्ड र नेतृत्वसँग असमझ्दारी बढ्दै गएपछि दोस्रो तहमा रहेका सबै कर्मचारीले एकैपटक बैंक छोड्न लागेको बुझिएको छ । बैंकलाई भार कम होस् भनी बैंक छोड्न ती कर्मचारीहरु लागेको भन्ने कुराको चर्चा चलेपनि बैंक भने छोडेका कर्मचारीहरुको पदपूर्तिका लागि कस्सिएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्