एलआइसी नेपालको साधारण सभा चैत ४ गते, १२% बोनससहित यस्ता छन् पेस हुने एजेण्डाहरु


काठमाडौं - लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी नेपाल)ले १२ प्रतिशत बोनस सयेर दिने विशेष प्रस्तावसहित चैत ४ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले साधारण सभाका लागि फागुन २१ देखि चैत ४ गतेसम्म बुक क्लोज गरिरहेको छ । फागुन २० गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

यस्तै, बोनसमा लाग्ने कर तिर्न ०.६६ प्रतिशत नगद लाभांश दिने एजेन्डा पनि रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ को वार्षिक साधारण सभा अहिले गर्न लागेको हो । प्रस्तावित लाभांश पनि सोही आर्थिक वर्षको नाफाबाट दिन लागिएको हो । गत आर्थिक वर्षको लाभांश र साधारण सभा मिति भने घोषणा हुन बाँकी नै छ ।

सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ८ बजे सुरु हुनेछ । प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि लगिनेछ । यसैगरी, प्रमुख कार्यकारी अधिकृतको लेखापरीक्षक अनुमोदन गर्ने र आर्थिक वर्ष २०७४/७५ का लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पेश हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस सयेर वितरणपछि १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० पुग्नेछ ।

प्रतिकृया दिनुहोस्