बीमा समितिका अध्यक्ष गृहजिल्ला बाग्लुङमा सम्मानित

काठमाडौँ - बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईलाई बाग्लुङ बलेमा सम्मान गरिएको छ । बलेवामा बिहीबारदेखि शुरु भएको प्रथम बलेवा महोत्सवको अवसर पारेर लामो समय नेपाल राष्ट्र बैंकमा सेवा गरी बैंक तथा वित्तीय संस्थाको विकासमा योगदान पुराए बापत उनलाई सम्मान गरिएको हो ।

बाग्लुङ्ग बलेवामा जन्मिएका चापागाईले नेपालको बीमा व्यवसायलाई थप प्रवद्र्धन गर्न र बीमा व्यवसाय बृद्धिको लागी योगदान पुराएको भन्दै बाग्लुङको बलेवा क्षेत्रका समग्र नागरिकका तर्फबाट उनलाई बलेवा महोत्सवको अवसरमा सो सम्मान प्रदान गरिएको बलेवा महोत्सव आयोजक समितिले जनाएको छ ।

साथै आइएमइ समूहका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पनि महोत्सवमा सम्मान गरिएको छ । नेपालको आर्थिक विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकोमा उहाँहरुलाई आफ्नो गृह जिल्लामा सम्मान प्रदान गरिएको हो ।

प्रतिकृया दिनुहोस्