महिला उद्यमीलाई महासंघको सिफारिसमा एनआईसी एशिया बैंकले १० लाखसम्म कर्जा दिने

काठमाडौं - एनआईसी एशिया बैंक र उद्यमशील महिला महासंघबीच ‘उद्यमशील बचत खाता’ सम्बन्धी सम्झौता भएको छ । बैंकले महिलाहरूलाई उद्यमशील बनाउने योजना सार्वजनिक गरेको छ । बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ योजना ल्याएको छ । सो सम्बन्धी सम्झौतापत्रमा नेपाल उद्यमशील महिला महासंघको तर्फबाट महासंघकी अध्यक्ष देबिका बुढाथोकी र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले सयुक्त रुपमा हस्ताक्षर गरे ।

उक्त सम्झौतासँगै महासंघको वार्षिक योजनामा परेका कार्यक्रमहरूमा आवश्यकता अनुसार महासंघका प्रतिनिधिहरूले उपलब्ध गराएको कागजात, कारोबार, मापदण्ड लगायतका आधारमा बैंकले कर्जा प्रवाह गर्न सक्ने अवस्था रहेमा व्यक्तिगत कर्जा २ लाखदेखि १० लाखसम्म उद्यमशील प्राकृतिक ब्यक्तिका लागि उपलब्ध गराइनेछ ।

यस सम्झौताले नेपाल सरकारले हालै कार्यान्वयनमा ल्याएको सहुलियतपुर्ण कर्जा योजनाका लागि पनि योगदान पुग्ने विश्वास बैंकले लिएको छ । एनआईसी एशिया बैंकले पछिल्लो समय विभिन्न ग्राहकमुखि योजना, आफ्नो व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन लगायतमा केन्द्रित भएर निजीक्षेत्रबाट सञ्चालित बैंकहरूमध्येकै ठूलो बैंक बन्न सफलभएको छ ।

हाल सम्म बैंकले मुलुकभर २ सय ७७ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार २ सय १५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ सय ७१ अर्ब तथाकर्जा १ सय ४९ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 

प्रतिकृया दिनुहोस्