नेशनल डेभलपमेन्ट को-अपरेटिभको २१औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर पारित

काठमाडौं - नेशनल डेभलपमेन्ट को-अपरेटिभ सोसाइटी लिमिटेडको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस पारित भएको छ । संस्थाको शुक्रबार सम्पन्न २१औँ वार्षिक साधारणसभा सेयरधनीलाई सो मात्रा अर्थात १५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।

कार्यक्रममा संस्थाका कार्यकारी अध्यक्ष राजेशहरि जोशीले संस्थाले शेयर पुँजी बढाउँदै लगेको बताए । सहकारीको २०७५ मंसिर मसान्तसम्ममा कुल चुक्ता पुँजी ३ करोड ८७ लाख रुपैयाँ रहेको थियो । ५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ४ करोड रुपैयाँ नाघ्ने छ ।

साथै, संस्थाले निक्षेप तर्फ ८८ करोड ३३ लाख रुपैयाँ संकलन गरि ८९ करोड ३६ लाख रुपैयाँ लगानी गरेको छ ।

प्रतिकृया दिनुहोस्