प्रिमियर इन्स्योरेन्स र एनसीसी बैंक बीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीवन बीमा सेवा लिन सकिने

काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले संयुक्त रुपमा हस्ताक्षर गरे ।

सम्झौता पछि एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले प्रिमियर इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस्