राष्ट्रिय बीमा संस्थान ५३औं बर्षमा प्रवेश

काठमाडौं - राष्ट्रिय बीमा संस्थान संचालनको ५३ औं बर्षमा प्रबेश गरेको छ । शनिवार देखि संस्थान संचालनको ५३ औं वर्षमा प्रवेश गरेको हो । यो अवधीमा संस्थानले ३ लाख बढी व्यक्तिगत र ८० हजार भन्दा बढी सामुहिक जीवन बीमा मार्फत सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा संस्थानमा देखिएको सबै समस्याहरुको समाधान गर्दै बजार विस्तार र नाफामा उच्च वृद्धि गर्ने लक्ष्य लिएको छ ।

स्थापनाकाल देखि नै लगातार नाफा कमाउदै आएको संस्थानले नेपाल सरकार लगायत संस्थापक सेयरधनीहरुलाई आर्कषण लाभांश र सरकारलाई ३५ करोड बार्षिक राजस्व बुझाउदै आएको छ । संस्थानले सावधिक जीवन बीमा, अग्रिम भुक्तानी जीवन बीमा, म्यादी जीवन बीमा लगायतका १२ वटा योजना मार्फत बीमा गराउदै आएको छ ।

चुक्ता पुँजी १८ करोड १० लाख २० हजार रहेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ४ अर्व ४१ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्नुका साथै १ अर्व भन्दा बढीको दाबी भुक्तानी गरेको छ ।

प्रतिकृया दिनुहोस्