ग्लोबल आइएमई बैंकको १५ लाख युनिट ऋणपत्रमा आवेदन खुला, कहाँ जाने भर्न ?

काठमाडौं - ग्लोबल आइएमई बैंकले बुधबार (फागुन १५ गते) देखि १५ लाख युनिट ऋणपत्र निष्कासन गरेको छ । कुल १५ लाख युनिट ऋणपत्रमा सर्वसाधारणले ५ लाख ९७ हजार युनिटमा आवेदन दिन सक्नेछन् । ९ लाख युनिट भने बैंकले आफ्नै पहलमा अन्य कम्पनीहरुलाई बिक्री गर्नेछ ।

बैंकले ‘‘१०.२५ प्रतिशत’ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८०.८१’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक १०.२५ प्रतिशत ब्याज पाइनेछ । यो ऋणपत्र ५ वर्षपछि परिपक्क हुनेछ ।

उक्त ऋणपत्र बिक्री प्रबन्धमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले प्रतिइकाई १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि ७५ हजार इकाईसम्म आवेदन दिन सक्नेछन् । फागुन १९ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा चैत्र १४ गते सम्म पनि भर्न सकिनेछ । सी–आस्वाको माध्यमबाट आवेदन दिनुपर्नेछ ।

प्रतिकृया दिनुहोस्