मितेरी डेभलपमेन्ट बैंकको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?

काठमाडौं - मितेरी डेभलपमेन्ट बैंकको १७ प्रतिशत बोनस सुरक्षित गर्ने मंगलबार (आज) अन्तिम दिन हो । बैंकले चैत ९ गते हुने वार्षिक साधारण सभामा १७ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । बैंकले सभाका लागि बुधबारदेखि बुक क्लोज गर्ने भएकाले मंगलबारसम्म कायम सेयरधनीले मात्र उक्त बोनस पाउने छन् । बोनस वितरणमा बैंकले ८ करोड ५० लाख रुपैयाँ खर्च गर्ने भएको छ ।

यस्तै बोनसमा लाग्ने कर तिर्न मितेरीले ४४ लाख ७३ हजार ६८४ रुपैयाँ २१ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा लैजानेछ । हाल बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । बोनस वितरण पछि पुँजी ५८ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्