बैंक अफ काठमान्डूको साधारण सभा माघ १७ मा, कहिले हुँदैछ बुक क्लोज ?

काठमाडौं - बैंक अफ काठमान्डू लिमिटेडको २४ औं वार्षिक साधारण सभा माघ १७ गते हुने भएको छ । बैंकले २५ प्रतिशत लाभांश वितरण गर्ने पस्ताव लैजाने छ । बैंकले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

साधारण सभाका लागि बैंकले पुस ३० गतेदेखि सभा हुने दिन सम्म बुक क्लोज गर्नेछ । पुस २९ सम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । हाल यसको चुक्ता पुँजी ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ छ । बोनसपछि पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ पुग्नेछ । बैंक अफ काठमान्डूले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड ६८ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिकृया दिनुहोस्