एनएलजी इन्स्योरेन्सको नाफा ७.६०% ले बढ्यो, अन्य सुचकको अवस्था कस्तो ?

एनएलजी इन्स्योरेन्सको नाफा ७.६०% ले बढ्यो, अन्य सुचकको अवस्था कस्तो ?
काठमाडौ - एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ७.६० प्रतिशतले वृद्धि गरी ८ करोड ४५ लाख ०९ हजार रुपैयाँ आर्जन सफल भएको छ । कम्पनीले गत वर्ष यस खुद नाफा ७ करोड ८५ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको थियो ।
यस्तै कम्पनीले ३५ करोड ८० लाख २६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष ३६ करोड ५६ लाख ९३ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यो गत वर्ष भन्दा २.०९ प्रतिशतले कम हो । कम्पनीले १२ करोड ४० लाख १५ हजार रुपैयाँ पुनर्बिमा कमिसनबाट आम्दानी गरेको छ । २३ करोड ४८ लाख ५० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको कम्पनीले भक्तानी हुन बाँकी दाबी रकम ७४ करोड ७४ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनीले  बिमा कोषको आकार पनि २०.८० प्रतिशतले बढाएर ७४ करोड ९७ लाख २१ हजार रुपैयाँ पुयाएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोषमा १६ करोड ४२ लाख ८० हजार रुपैयाँ पुयाएको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३९ पैसा रहेको यो कम्पनीको प्रतिसेयर नेटवर्थ २५१ रुपैयाँ २५ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्