३३औँ वार्षिकोत्सवमा नेपाल इन्भेष्टमेण्ट बैंकले शुरु गर्यो क्रमिक मुद्दती खाता, यस्ता छन् विशेषता

काठमाडौँ - नेपाल इन्भेष्टमेण्ट बैंक लि.(एनआइबीएल)ले ३३औँ वार्षिकोत्सवको उपलक्ष्यमा सोमबारबाट एनआइबीएल क्रमिक मुद्यती खाता शुभारम्भ गरेको छ । बैंकमा कुनैपनि बचत खाता खोल्ने ग्राहकले क्रमिक मुद्दती खाता खोल्न सक्ने छन्, हरेक महिना न्युनतम ३३३ रुपैयाँ जम्मा गरेर ३३ महिनाको अवधिका लागि उच्चतम ९.२५ प्रतिशत ब्याज पाउने बैंकले जनाएको छ ।

त्यस्तै बालबालिकाहरुमा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता नाममा चित्रकथा सार्बजनिक गरेको छ । विषेश गरी वालवालिकाहरुलाई सानै उमेरदेखि नै बैंकको महत्व तथा फाइदा बुझाई उनीहरुमा बचत गर्ने बानीको विकास गर्नका लागि एनआईबीएलले जानकारीमूलक बाल चित्रकथा प्रकाशनमा ल्याएको हो ।

त्यस्तै वार्षिकोत्सवको अवसरमा एनआईबीएल भिषा कार्ड प्रयोगकर्ताका लागि पीओएस मेसिन प्रयोग गर्दा ३३ प्रतिशत क्यास ब्याक अफर ३३ दिनका लागि प्रदान गरिने बैंकले जनाएको छ । यसै वर्षदेखि बैंकले आफ्ना कार्ड सञ्जालमा मास्टरकार्डको सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्