'लुटेरा' एनएमबी बैंकको ठगी धन्दा ! ग्राहकलाई नसोधी मोबाइल बैंकिङका नाममा खुसुक्क काटियो २०० रुपैयाँ !

 NMB Bank
  • बैंकिङ संसार सम्बाददाता 
केहि समय अगाडी बैंक अफ दी एयर अवार्ड पाएको एनएमबी बैंकले जनतालाई ठग्ने गरेको खुलासा भएको छ ।बैंकले ग्राहकले सब्स्क्राईब नै नगरी मोबाइल बैंकिङको रकम काट्ने र उक्त सेवा लिन नचाहेमा बैंकमा कल गर्नु भन्दै ग्राहकलाई दुख दिने गरेको पाइएको छ । यसरी बैंकले ग्राहकलाई नासोही प्रति खाता २०० रुपैयाँ काटेर जनतालाई लुटेको छ ।

बैंकले यसरी आफ्ना ५ लाख भन्दा बढी खातावालाहरुलाई नसोधी २०० रुपैयाँ तिराउंदा करोडौं करोडौं रुपैयाँ लुटेको छ । यसरी केहि ग्राहकहरुले आफुमाथि अन्याय भएको र ग्राहकलाई बैंकले ठगेको भन्दै बैंकमा उजुरी गरेपछि केहिको रकम फिर्ता भएको छ । तर २०० का लागि त्यतिसम्म गर्न नभ्याउने ग्राहकहरुलाई भने बैंकले ठगेको छ । 

यस विषयमा ग्राहकले बैंकका विभिन्न साखामा सोध्दा राष्ट्र बैंकको नियम भएको उत्तर आएको बैंकिङ संसारलाई बताएका छन् । त्यसपछी ग्राहकले राष्ट्र बैंकको कुन मितिमा जारी भएको कहाँको नियम हो भनेर सोधेपछि बैंकका कर्मचारीले उक्त रकम तपाईंको खातामै फिर्ता गरिदिन्छु भन्दै फर्काएको बैंकिङ संसार डटकमलाई एक ग्राहकले बताए । एनएमबी बैंकको यस्तो गलत कामको सामाजिक संजालमा पनि विरोध भएको छ ।

धेरै ग्राहकले एनएमबी बैंकलाई लुटेरा भनेका छन् । एनएमबी बैंकले भने यस विषयमा आफ्नो धारणा व्यक्त गरेको छैन ।

प्रतिकृया दिनुहोस्