सनराइज बैंकको नयाँ शाखा पोखराको बगरमा, १०३ ठाउँमा सञ्जाल

काठमाडौँ - सनराइज बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका –०१, बगरमा आफ्नो १०३ औँ शाखा बिस्तार गरेको छ । उक्त शाखाको उद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखराका माननीय मन्त्री विकास लम्सालले गरे ।

उक्त शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ सेवा पु¥याउने उद्देश्य लिएको छ । हाल सम्म बैंकले मुलुकभर १ सय ३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ सेवा ३ वटा एक्सटेन्सन काउण्टर, १ सय १६ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्