सिटिजन्स बैंकको सुन कर्मचारीको पसलमा !

काठमाडौं - सिटिजन्स बैंक न्यूरोड शाखाकी सुन जाचँकी भक्तपुर नगरपालिका–१५ खोमाबहालकी २६ वर्षीया सामिन शाक्यले ऋण लिन विभिन्न व्यक्तिले धितो राखेको सुन आफूखुसी निकालेर आफ्ना बुवालाई चलाउन दिएको रहस्य खुलेको छ ।

ऋण धितोका लागि बैङ्कको भल्टमा राखिएको सुन आफूखुसी निकालेर बाहिर चलाउन दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानबाट देखिएको हो । तत्कालीन सुन जाचँकी शाक्यलगायत ५ जनालाई भदौ १३ गते सीआईबीले पक्राउ गरी मुद्दा चलाएको थियो । शाक्यसहितका ५ जनाले बैङ्कलाई २ करोड २८ लाख ३८ हजार ४ सय १ रुपैयाँ हानिनोक्सानी पु¥याएको ठहर गर्दै सीआईबीले उनीहरूमाथि मुद्दा चलाएको छ । ब्यूरोले शाक्यसँगै सहायक सुन जाँचकी विन्देश शाक्य, प्राइम कमर्सियल बैङ्क सुन अडिट विभागका अमितराज वज्राचार्य, ऋणी मोरङ शनिश्चरेका लभ बराइली र संखुवासभा शनिश्चरे चैनपुरका उमेशराज बराइलीलाई पक्राउ गरी मुद्दा चलाएको थियो । पुनरावेदन अदालत पाटनले सोही ठगी काण्डमा शाक्यलाई पुर्पक्षका लागि जेल चलान गरेको छ भने अन्य धरौटीमा छुटेका थिए । 

स्रोतकाअनुसार शाक्यले विभिन्न व्यक्तिले राखेको सुनलाई भल्टबाट निकालेर आफ्नो बुवाले सञ्चालन गरेको पसलमा चलाउन दिएकी थिइन् । अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘शाक्यको आफ्नै बुवाको सुन पसल रहेछ, सर्वसाधारणले राखेको सुन निकालेर चलाउन दिएको खुल्यो, अदालतमा मुद्दा विचाराधीन भएकाले धेरै बोल्न मिलेन ।’ ती अधिकारीले सुन यसरी दुरुपयोग हुनुमा बैङ्कको पनि गल्ती रहेको बताए । ‘सुन जाचँकी उनी भए पनि भल्टको साँचो भने बैङ्कका प्रबन्धक (म्यानेजर) सँग पनि हुन्छ, सो काण्डमा शाखा प्रबन्धकको संलग्नता नदेखिए पनि उनको कमजोरी भने छ,’ अनुसन्धान अधिकारीले भने । प्रहरीका अनुसार आफूले गरेको कर्तुतबारे शङ्का पैदा हुन थालेपछि आफ्नी आमा र साथीहरू गरी ८ जनाको नाममा नक्कली खाता खोलेर उनीहरूको नाममा सुन राखेको देखाएर ठगी गरेको खुलेको छ । 

सहयोगीको सहयोगमा धितोभन्दा धेरै ऋणप्रवाह गरेको र ऋण चुक्ता नभई धितो रासाभारखिएको सुन ऋणीलाई फिर्ता गरेको पाइएको सीआईबीको अनुसन्धानबाट खुलेको छ । सेयर बजार साप्ताहिकबाट

प्रतिकृया दिनुहोस्