धनुषाको जनकपुरमा पुग्यो कामना सेवा विकास बैंकको नयाँ शाखा, कुल शाखा ६८ पुग्यो !
काठमाडौं - कामना सेवा विकास बैंकले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं ९ स्थित पिडारी चोकमा ६८ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे ।
उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको जानकारी गराउनु हुँदै प्रदेश नं २ मा यो सँगै ४ वटा शाखा पुगिसकेको र व्यापार विस्तारलाई तीव्रता दिने उद्देश्य सहित बैंकले थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको काम भईरहेको बताए । बैंकले यसै सप्ताहन्तरमा ४ वटा शाखा सञ्चालन ल्याउने योजना समेत बताएको छ ।
हालसम्म संस्थाले ६८ वटा शाखा तथा २० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।समय सापेक्ष बैंकले आफ्ना सेवाहरु थप गर्दै जाने समेत यसै कार्यक्रममा उल्लेख गरेको छ ।