महालक्ष्मी विकास बैंकले गर्यो सरसफाई तथा बैंकिङ कारोबार सम्बन्धी चेतनामूलक कार्यक्रम
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhI1vAxTHXo2rcUeaWf5T3DaWm33qlR3qxTmAivbTDhbZEdJ8GuuK-cjs0zJZBcZZbcxM7pmmj0BHv89nLJPOid2_l1aTTtTW1DKMbGAPzjSIf-7gVMe8k6lo0pH7oiTSEBir44j4a04YyP/s640/2.jpg)
काठमाडौँ - महालक्ष्मी विकास बैंक लिमिटेड नयाँबजार शाखाले सरसफाई तथा बैकिङ्ग कारोबार सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । “सफा सहर हामी सबैको रहर” भन्ने मूल नारा रहेको उक्त सरसफाई अभियान सोहखुट्टेबाट सुरु भई बालाजुमा आएर समापन भएको थियो ।
कार्यक्रममा बैंकका प्रतिनिधिहरु, मनास्लु पब्लिक सेकेन्डरी स्कुलका विद्यार्थीहरु तथा सोह्रखुट्टे प्रहरी कार्यालयका प्रहरी प्रमुख, तथा सरसफाई अभियान्ता, सोह्रखुट्टेका स्थानीय वासिन्दाहरुको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रम गर्नुका साथै बैंकका प्रतिनिधिहरुले सर्वसाधारण माझ बंैकिङ्ग कारोबार सम्बन्धी जानकारी व्यक्त गरेका थिए ।
सरसफाई कार्यलाई नै लक्षित गर्दै बैंकको कावासोती शाखाले डस्टबिन वितरण गरेको छ । शाखाले कावासोती नगरपालिकाको वार्ड नं १२, धनन्चल स्थित शिव माध्यमिक विद्यालय तथा कावासोती टोल सुधार समिति गरी तीन ठाउँमा कुल ३० वटा डस्टबिन वितरण गरेको छ ।