सर्लाहीको हरिवनमा कामना सेवा विकास बैंकको नयाँ शाखा विस्तार, ६७ ठाउँमा सञ्जाल !

काठमाडौं - कामना सेवा विकास बैंकले सर्लाही जिल्लाको हरिवनमा कार्यालय विस्तार गरेको छ । हरिवन नगरपालिका वडा नं ११, हरिवनमा ६७औं शाखा कार्यालय स्थापना गरि कारोबार शुरु गरिएको छ । बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रदेश नं २ का प्रमुख राकेश सिंह तथा बैंकका उच्चपदश्थ कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नं २ को लागि तेस्रो शाखा भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको काम भईरहेको बताएका छन् ।

देशभरि बैंकका ६६ वटा शाखा तथा २० वटा मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस, इन्टरनेट व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएस्विए लगायत माध्यमबाट बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्