प्रभु बैंकको साधारण सभा फागुन १९ मा, यस्ता छन् पेश हुने एजेन्डाहरु !
काठमाडौं - प्रभु बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा आइतबार (फागुन १९ गते) बोलाएको छ । सभाका लागि बैंकले फागुन ६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्नेछ । फागुन ५ गतेसम्म कायम रहने सेयरधनीले मात्र बोनस पाउनेछन् । बैंकले सभामा ८ प्रतिशत बोनस पारित गर्ने प्रस्ताव पेश गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट ८ प्रतिशत बोनस दिन लागेको हो ।
बैंकले बोनसमा ६५ करोड ८७ लाख १५ हजार ८८२ रुपैयाँ खर्च गर्ने भएको छ । यस्तै, बोनसमा लाग्ने कर तिर्न ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि रहनेछ ।
साधारण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा दिउसो १ बजे सुरु हुनेछ । सभामा सेयरधनीको स्वामित्व परिवर्तन गरेर संस्थापकको ५५ प्रतिशत र सर्वसाधारण सेयरधनीको ४५ प्रतिशत बनाउने एजेन्डा पनि राखिनेछ । हाल बैंकमा संस्थापक सेयरधनीको ६१.३१ प्रतिशत र सर्वसाधारण सेयरधनीको ३८.६९ प्रतिशत स्वामित्व रहेको छ ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ रहेको लछ । ८ प्रतिशत बोनसपछि पुँजी ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रुपैयाँ पुग्नेछ ।