एनएमबि बैंकमा सुरक्षा हदैसम्म कमजोर रहेको प्रमाणित, बैंकभित्रैबाट ग्राहकको १७ लाख रुपैयाँ लुटियो !

 NMB Bank

बैंकिङ संसार सम्बाददाता 

बिर्तामोड - एनएमबी बैंकमा ग्राहक लुटिएका छन् । बैंकको बिर्तामोड शाखा भित्रैबाट आइतबार एक सेवाग्राही लुटिएका हुन् । बैंकमा रकम जम्मा गर्न पुगेका ताप्लेजुङ याम्फुदिन– १ स्थायी घर भई बिर्तामोड–४मा बसोबास गर्दै आएका शेरबहादुर गुरुङको १७ लाख रुपैयाँ बैंकभित्रैबाट लुटिएको हो । भद्रपुर रोडमा रहेको एमएमबी बैंक अन्य बैंकभन्दा खुल्ला स्थानमा छ । 

दिउँसो १२ बजे बैंक पुगेका उनले बैंकको काउण्टर अगाडी रकम जम्मा गर्न भौचर भर्दै गर्दा एक व्यक्तिले रकम भएको झोला लिएर बैंकबाट भागेका थिए । बैंकको सुरक्षा कमजोर भएको फाइदा उठाउँदै लुटेराले रकम लुटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापा प्रमुख भिमप्रसाद ढकालले बताए । यद्यपी रकम लुटेर भाग्नेको सिसि क्यामरा फुटेजबाट पहिचान खुलेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्