सिद्धार्थ बैंकको नयाँ शाखा तनहुँको देवघाटमा, १३९ ठाउँमा शाखा सञ्जाल !
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgpuMCOPMjDcJxx2QjHb-2KSjv6UVuh-r_HuS-vaQxaAIVM1WFJGmzC7EPVnNjm9YyDWsPCmygjyj3yqdYmH-KqbfY_hXOEltU3VhkShuw1Y39hrcjCV4nnSR5PZDZlADBBPbA60GHpPYLc/s640/siddharthabank.jpg)
काठमाडौं - सिद्धार्थ बैंकले तनहुँ स्थित देवघाट शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर थापा र सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्र कुमार अग्रवालले संयुक्त रुपमा गरे ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ्ग सेवा, मेबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा ल्याएको छ, जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।
बैंकले हाल देशभर १३९ वटा शाखा विस्तार गरिसकेको छ ।