रिलायन्स लाइफ इन्स्योरेन्सको शाखा विस्तार तिब्र, एकैसाथ ६ नयाँ शाखा सञ्चालनमा

काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ ६ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । कम्पनीले इटहरी, विराटनगर, धरान, दमक, इलाम, र बिर्तामोडमा गरी ६ वटा शाखाहरु सञ्चालनमा ल्याएको हो ।

कम्पनीका सञ्चालक भरत कुमार तोदीका साथमा इटहरी शाखाको सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती विराटनगर शाखाको प्रदेश नं १ का सांसद माननीय अमन लाल मोदी र धरान शाखाको प्रदेश नं १ का उपसभामुख श्रीमती सरस्वती पोखरेलले उद्घाटन गरेका थिए ।

शाखा कार्यालय समुद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र नायब कार्यकारी अधिकृत निराजन कँडेलको उपस्थित रहेको थिए ।

यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र नायब कार्यकारी अधिकृत निराजन कँडेल साथै दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीले दमक शाखाको उद्घाटन गरेका हुन् ।

साथै कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कँडेलका साथमा इलाम शाखाको इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेत र बिर्तामोड शाखाको बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुव कुमार शिवाकोटीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्