लक्ष्मी बैंकको नयाँ शाखा किर्तीपुरमा, कुल शाखा संख्या ९९ पुग्यो

काठमाडौं - लक्ष्मी बैंकले काठमाडौंको किर्तीपुरमा आफ्नो ९९औँ शाखा संचालनमा ल्याएको छ । शाखा विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

हालसम्म बैंकले ४६ जिल्लामा ९९ शाखा, ५ हस्पिटल सेवा काउन्टर, १ सय १२ एटिएम, २५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ एजेन्टहरु मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्