न नेपालीको विश्वास, न सुरक्षा ! तै पनि एनएमबी बैंकलाई अन्त्राष्ट्रिय पत्रिकाले बनाइदियो, 'बैंक अफ दी एयर' !

बैंकिङ संसार 

काठमाडौँ- केहि समयअघि दिन दहाडै लुटिएको र जनतालाई ठग्न पल्किएको एनएमबी बैंकले 'बैंक अफ दी एयर २०१८'को उपाधि प्राप्त गरेको छ । उक्त बैंकको एक साखामा दिन दहाडै पैसा लुटिएपछी एनएमबी बैंक असुरक्षित प्रमाणित भएको थियो । यस अघि सन् २०१७ मा पनि उक्त सम्मान सोहि बैंकले पाएको थियो । एनएमबी बैंकलाई बैंक अफ दी एयरको अवार्ड दिएपछि घोषणा गर्ने पत्रिका 'द फाइनान्सियल टाइम्स'को विश्वसनीयतामाथि नै प्रश्न उठेको छ ।

गतिलो सेवा नदिने बैंकलाई बैंक अफ दी एयर अवार्ड दिएको भन्दै नेपालमा भने ग्राहकहरुले चरम असन्तुष्टि व्यक्त गरेका छन् । कतिपयले त यसलाई पैसाको खेलसमेत भनेका छन् । एउटा पत्रिकाले दिएको अवार्डलाई बैंकले पनि 'के-के' न पाए जसरी प्रचार गरिरहेको छ । पछिल्लो समय बेलायतमा समेत विस्वसनीयता गुमाईरहेको यो पत्रिकाले नेपालमा झन् विश्वसनीयता गुमाउने पक्का देखिएको छ ।

प्रतिकृया दिनुहोस्