सांग्रिला डेभलपमेन्ट बैंकमा 'प्रमोटर सेयर काण्ड' : राष्ट्र बैंकको निर्देशिकाको धज्जी उडाउँदै गैरकानुनी काम !

  • बैंकिङ संसार सम्वाददाता 
काठमाडौँ- सांग्रिला डेभलपमेन्ट बैंकमा नेपाल राष्ट्र बैंकको निर्देशिकाको धज्जी उडाएर केहि संस्थापकहरुले आफ्नो दुरुनु सोझ्याएको पाइएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अटेर गरी बैंकका प्रमोटरले प्रमोटर सेयर हाल्नका लागि अर्को बैंकबाट ऋण लिएको रकम प्रयोग भएको खुलासा भएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार यस्तो गर्नु गैरकानुनी काम हो ।

प्रमोटरको यो गैरकानुनी काम बैंकका दुइ बर्षका प्रतिवेदनहरुबाट स्पष्ट हुन्छ । १४औँ बार्षिक प्रतिवेदन र १४औं बार्षिक प्रतिवेदन हेर्दा संस्थापकहरुले विभिन्न बैंकबाट ऋण लिएर प्रमोटर सेयर उठाएको देखिन्छ । १३ औँ बार्षिक प्रतिवेदनमा मधुसुशन शर्मा नाम गरेका प्रमोटरको कुनै पनि बैंकमा ऋण देखिंदैन । तर १४ औं बार्षिक प्रतिवेदनमा उनले प्रभु बैंकबाट ऋण लिएको देखिन्छ । ठिक यहि बेला १४औँ प्रतिवेदनमा उनको प्रमोटर सेयर बढेको देखिन्छ । र उनले सोहि कर्जाको रकम प्रयोग गरेर यसरी गैरकानुनी रुपमा सेयर किनेको देखिन्छ । नेपाल राष्ट्र बैंकले चासो देखाएपनि यो घटनालाई सामसुम पार्न खोजिएको छ ।

हेर्नुहोस् प्रमाणहरु :


'यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा संस्थापक सेयरधनी भै लगानी गर्दा बैंक तथा वित्तीय संस्थाबाट ऋण तथा सापटी लिइ लगानी गर्न पाइने छैन ।' राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । यता मधुसुहन शर्मा पनि आफुले यसरी कर्जा लिएर प्रमोटर सेयर हाल्न नपाउने भन्ने नियम नै थाहा नपाएको र पछी राष्ट्र बैंकले सोधपुछ गरेपछी प्रभु बैंकबाट लिएको ऋण चुक्ता गरेको बताउँछन् । यता यहि प्रकरणलाई लिएर बैंकका एक सञ्चालक अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेका छन् । 

यो त एउटा काण्डमात्र हो । पछिल्लो समय सांग्रीला डेभलपमेन्ट बैंकमा थुप्रै काण्डहरु घटेका छन् । कतिपय शाखाबाट भल्टबाट नै पैसा गायब भएका छन् भने बैंकका नयाँ सीइओ केहि गम्भीर काण्डमासमेत फसेका छन् । हामी अर्को दिन फलोअप समाचार लिएर आउनेछौँ ।

प्रतिकृया दिनुहोस्