सिटिजन्स बैंक र बैंकिङ्ग, फाईनान्स तथा इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालबीच सम्झौता, यस्ता छन् सम्झौताका बुदाँ
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh1IrZSTNGiwjWnYaPi2yX-AkacbDvwBUXbw9adKUmUzkm9fxuy_K6Wki2zkx94rxijh2zBEq1lUpzvWe6z0z3ehNW_0wJSiWU-uvFM54o5kkRm_PZNtXPw0TiMjeVyfYNdKvuy_rNHsmUy/s640/2.jpg)
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बैंकिङ्ग, फाईनान्स तथा इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (बिएफआईएन) बीच तालिम संचालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता पश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि बिएफआईएनले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिमहरु प्रदान गर्नेछ ।
बिएफआईएनले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ । अब आउने निकट भविष्यमा पनि कर्मचारीहरूको वृद्धि विकाशका निमित्त विभिन्न कार्यक्रमहरू संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।