प्रभु लाईफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता, बैंकका ६४ वटै शाखाबाट जीवन बीमा पोलिसी खरिद गर्न सकिने


काठमाडौं - कामना सेवा विकास बैंक र प्रभु लाईफ इन्स्योरेन्सबीच बीमा सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । बुधबार भएको उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र प्रभु लाईफ इन्स्योरेन्सको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै कामना सेवा विकास बैंकको देशभर रहेका ६४ वटै शाखा कार्यलयबाट बैंकका सम्पुर्ण ग्राहकले सहज रुपमा प्रभु लाईफ इन्स्योरेन्सको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।

काठमाडौको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशभर रहेका ६४ वटा शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई सम्पुर्ण बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्